|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रश्ताव गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा काँग्रेसले वेल घेराउ गरी नारा जुलुस लगाइरहँदासमेत प्रधानमन्त्रीले आ.व. २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रश्ताव गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ जेठ १ गते मंगलवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आ.व. २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रश्तुत गरेका थिए। प्रतिनिधि सभामा आ.व. २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि एक घण्टाको समय छुट्याएर छलफल जारी छ । अहिले नेकपा एमालेको तर्फबाट उपाध्यक्ष एवं सांसद विष्णुप्रासद पौडेलले आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राखिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.