काठमाडौँ : माग सुनुवाइ नभएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आइतबार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गरेको छ।
३ दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बसिरहेका उनीहरू सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै आज कार्यालय घेराउ गर्नुका साथै ज्ञापनपत्र बुझाएका छन्।
चुरे पहाड दोहन, उत्खनन र वन जंगल फडानीले समस्यामा परेको भन्दै मधेशका विभिन्न जिल्लाबाट २३ जनाको टोली २५ दिन पैदल हिँडेर बिहीबार काठमाडौं आइपुगेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।