|

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि लोहोरुङ क्लब पाङ्माले जितेको छ। 

अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल संघ संखुवासभाको आयोजनामा जेठ १० गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगिता भएको थियो। 

खाँदबारी–३ मानेभञ्याङको खेलमैदानमा आज भएको फाइनलमा लोहोरुङ क्लब पाङ्माले मिमिरे युवा क्लब तामाफोकलाई पराजित गर्दै  जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि हात पारेको हो। 

निर्धारित समयमा दुवै टिमबाट गोल हुने नसकेपछि टाइब्रेकरमा २ गोलकाविरुद्ध ४ गोल अन्तरले लोहोरुङ क्लब पाङ्माले जित हासिल गरेको हो। 

विजयी टिमलाई नगद ५० हजार रुपैयाँ, ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिएको छ भने उपविजेता मिमिरे युवा क्लब तामाफोकलाई नगद ३० हजारसहित ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिएको जिल्ला  फुटबल संघ संखुवासभाका अध्यक्ष भरतकुमार घिमिरेले बतााए। 

सेमिफाइनलिष्ट नवयुग क्लब पोखरी र एडभान्स क्लब मानेभञ्याङलाई नगद १०/१० हजार रुपैयाँ प्रदान गरिएको छ।

जिल्ला फुटबल संघ संखुवासभाको आयोजनामा ०८०/८१ को जिल्ला लिग फुटबल प्रतियोगिता भएको हो। जिल्ला लिग फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.