|

काठमाडौँ : जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो।

उनी सर्वोच्च अदालतको आदेशले थुनामा छन्। श्रीमतीलाई सम्बन्ध विच्छेदपछि पनि सहमतिविना शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला अदालतले दोषी ठहर गरेको हो। उनलाई सजाय भने जिल्ला अदालतले पछि निर्धारण गर्नेछ। सजाय निर्धारणका लागि यही जेठ २८ गतेको लागि पेशी तोकिएको छ।

सम्बन्ध विच्छेद र वैवाहिक जबरजस्ती करणी मुद्दा चली आपसी सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने जस्ता गतिविधि हुने गरेको पीडितको बयानपछि जिल्लाले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.