|

काठमाडौँ : सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) को आज भइरहेको फाइनलमा उपाधि हात पार्न कोलकाता नाइट राइडर्सलाई ११४ रनको सामान्य लक्ष्य दिएको छ।

चेन्नईमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदरावादले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर ११३ रनमात्र बनाउन सक्यो।

हैदरावादका कप्तान प्याट कमिन्सले टिमका लागि व्यक्तिगत सर्वाधिक २४ रन बनाए। १९ बलको सामना गरेर उनले २ चौका र १ छक्का प्रहार गरे।

एडम मारक्रमले २० रन, हेनरिक क्लासनले १६ रन र नितीशकुमार रेड्डीले १३ रनमात्र बनाउन सके। 

कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए। यसका लागि उनले २ ओभर ३ बलमात्र फ्याँकेर १९ रन दिए।

मिचल स्टार्क र हर्षित राणाले २/२ विकेट लिए भने वैभव अरोडा, सुनील नारायण र वरुण चक्रवर्तीले १/१ विकेट हात पारे।

यो स्कोर आईपीएलको इतिहासमा फाइनल खेलमा अहिलेसम्मकै सबैभन्दा सानो स्कोर हो। यसअघि फाइनलमा सबैभन्दा थोरै रनको कीर्तिमान चेन्नई सुपरकिंग्सको नाममा रहेको थियो।

उसले सन् २०१३ को आईपीएल फाइनलमा मुम्बई इन्डियन्सविरुद्ध ९ विकेट गुमाएर १२५ रन बनाएको थियो।

अहिले ब्याटिङ गरिरहेको कोलकाताले ४ ओभर खेलेर १ विकेटको क्षतिमा ४६ रन बनाएर खेलिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.