|
फाइल तस्बिर

काठमाडौँ : गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गर्ने उच्च शिक्षाका शैक्षिक संस्थाको सङ्ख्या बढ्दै गएको पाइएको छ। 

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आव ०८०/८१ मा क्यूएए लिने संस्थाको संख्या बढेर हाल १०३ पुगेको छ।

आर्थिक सर्वेक्षणअनुसार विश्वविद्यालय अनुदान आयोगबाट २०८० फागुनसम्म गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गर्ने उच्च शिक्षाका शैक्षिक संस्थाको सङ्ख्या १०३ पुगेको हो। 

२०७९ सालको फागुनसम्म प्रमाणपत्र लिएका उच्च शैक्षिक संस्थाहरूको सङ्ख्या ८६ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.