|

काठमाडौं : सरकारले दिँदै आएको विपन्न उपचार सेवामार्फत सेवा लिनेमा सबैभन्दा धेरै क्यान्सरका बिरामी रहेको पाइएको छ। सरकारले हालै मात्रै सार्वजनिक गरेको आर्थिक वर्ष २०७०/७१ देखि चालु आर्थिक सर्वेक्षणमा सामाजिक स्वास्थ्य सुरक्षाको महत्वपूर्ण अङ्गको रूपमा रहेको विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्म ३५ हजार १ सय ४३ विपन्न नागरिकले सेवा लिएको देखिएको छ।

जसमा सबैभन्दा धेरै सेवा लिने बिरामीमा क्यान्सरका बिरामी रहेका छन्। जसमध्ये १७ हजार ८ सय ८८ ले क्यान्सर, ५ हजार २ सय ९९ ले मुटु, १ सय ९१ मिर्गौला प्रत्यारोपणसहित ८ हजार ८ सय ८२ नागरिकले मिर्गौलासम्बन्धी सेवा पाएका छन्। गत आर्थिक वर्षमा ३५ हजार २ सय ८४ विपन्न नागरिकले यस्तो सेवा प्राप्त गरेका थिए।

आर्थिक वर्ष २०७८/७९ देखि विपन्न नागरिकको औषधि उपचारबापत मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरीसिकलसेल एनिमिया गरी आठ प्रकारका कडा रोगका बिरामीलाई सरकारले मासिक रूपमा ५ हजार आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ।

चालु आर्थिक वर्षको पुससम्म २४ हजार २ सय २४ विपन्न नागरिकलाई ८५ करोड ३७ लाख ३१ हजार रुपिया यस कार्यक्रम अन्तर्गत छुट्याइएको थियो। गत आर्थिक वर्षमा ४० हजार ५६ विपन्न नागरिकलाई रू१ अर्ब १३ करोड ९२ लाख ५६ हजार उपलब्ध गराइएको थियो।

फागुन सम्ममा १९४ जनाले मिर्गौला र १५ जनाले कलेजो प्रत्यारोपण गराए

यस्तै, पछिल्लो समय नेपालकै सार्वजनिक स्वास्थ्य संस्थाबाट मिर्गौला तथा कलेजो प्रत्यारोपण जस्ता जटिल प्रकारका शल्यक्रिया हुने गरेको छ। आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म विभिन्न सार्वजनिक स्वास्थ्य संस्थाबाट १९४ बिरामीमा मिर्गौला र १५ बिरामीमा कलेजो प्रत्यारोपण भएको छ।

गत आर्थिक वर्षको फागुनसम्म १२५ बिरामीको मिर्गौला प्रत्यारोपण र १ बिरामीको कलेजो प्रत्यारोपण भएको थियो।आर्थिक वर्ष २०७९/८० सम्ममा ३०२ बिरामीमा मिर्गौला र ४ बिरामीमा प्रत्यारोपण भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.