|

भारतको राजधानी दिल्लीस्थित एक अस्पतालमा ७ नवजात शिशुको मृत्यु प्रकरणमा प्रहरीले अस्पतालका मालिकलाई पक्राउ गरेको छ। आगलागी भएपछि सात नवजात शिशुको मृत्यु भएको अस्पताल अनुमतिबिनै अवैध रूपमा सञ्चालन भएको पाइएको समेत प्रहरीले जनाएको छ।

काममा खटिएका चिकित्सकलाई समेत प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनापछि गरिएको अनुसन्धानमा अस्पतालमा आगो नियन्त्रण गर्ने साधन र आपत् आइपर्दा बाहिर निस्किन चाहिने आकस्मिक द्वार पनि नभएको पाइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.