|

काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले विपद् उद्धारको कानून कागजमा राम्रो भए पनि व्यवहारमा लागू गर्न समस्या रहेको बताएका छन्।

सोमवार सिंहदरबारस्थित गृह मन्त्रालयमा मनसुनजन्य विपद् जोखिमसम्बन्धी सरोकारवालसँग गरिएको छलफलमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन्। 

उनले जोखिम उद्धारसम्बन्धी कानूनहरु कागजमा राम्रो भए पनि व्यवहारमा कार्यान्वयन गर्न समस्या रहेको भन्दै सहज बनाउन आवश्यक रहेको औँल्याए। 

महानिरीक्षक कुँवरले विपद् आउँदा समन्वय र सहजिकरण गर्ने काम पहिलो पङ्तिमा रहेर नेपाल प्रहरीले काम गरिरहेको जानकारी गराए। 

उनले जिल्ला तहमा प्रहरीमा पनि विज्ञ उद्धार टोलीको अभाव रहेको र विपद्मा तत्काल प्रयोग हुने घरेलु औजारहरु मात्रै रहेको दुखेसो गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.