|

काठमाडौं : रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख रामचन्द्र चौधरीलाई ४ वर्ष कैदको सजाय भएको छ। राजस्व चुहावट गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनलाई ४ वर्ष कैद र ३७ लाख ३४ हजार १९८ रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।

साथै आशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरैलाई पनि ४ वर्ष कैद र र ३७ लाख ३४ हजार १९८ रुपैयाँ नै जरिवाना हुने फैसला भएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।

उनका अनुसार उनलाई २८ लाख २२ हजार रुपैयाँ थप जरिवाना हुनेछ। यस्तै, राजस्व चुहावटमा मिलेमतो देखिएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देललाई २८ लाख २२ हजार जरिवानासहित ४ वर्ष कैदको सजाय भएको कार्कीले बताए।

अर्का प्रतिवादी तत्कालीन लेखा अधिकृत कीर्तिराज सुवेदीले भने सफाई पाएका छन्। उनीहरुको मिलेमतोमा चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन तथा बिक्री गर्ने कार्यमा ५५ लाख २ हजार १९८ रुपैयाँ राजस्व चुहावट गरी हानि नोक्सानी पुर्‍याएको अख्तियारले निष्कर्ष निकालेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.