|

काठमाडौँ : यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब ४ अंकले बढेको छ। आज नेप्से परिसूचक ३ दशमलव ९३ अंकले बढेर २ हजार ११३ दशमलव २७ को बिन्दुमा कायम भएको हो।

आज विभिन्न ३१७ कम्पनीका ९३ लाख ३० हजार २९५ कित्ता शेयर ५८ हजार ४८३ पटक खरिदबिक्री हुँदा ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १६४ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज बैंकिङ समूह शून्य दशमलव ७४, होटल तथा पर्यटन समूह शून्य दशमलव ४९ र निर्जीवन बीमा समूह शून्य दशमलव २२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।

विकास बैंक समूह शून्य दशमलव ६३, वित्त समूह १ दशमलव ४१, जलविद्युत् शून्य दशमलव २५, लगानी १ दशमलव ८० र जीवन बीमा समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ। 

त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७८, लघुवित्त शून्य दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव ४९, व्यापार शून्य दशमलव २२ र अन्य समूह शून्य दशमलव ६४ प्रतिशतले बढेको छ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ४० लाख ४७ हजार ४३४ रुपैयाँ बराबरको ३ लाख ५५ हजार ८९५ कित्ता शेयर किनबेच भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.