|

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धी संसदीय छानबिन समिति गठन हुन नसकेको बताएका छन्। 

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा संसदीय छानबिन समिति बनाउन निर्माण गरिएको वार्ता समितिका सदस्य बर्तौलाले कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले सो कार्यादेश निर्माणमा सहमति जुटाउने प्रयास गरे पनि महामन्त्री गगन थापा पक्ष त्यसमा भाँड्ने गरी वार्तामा बस्ने गरेको जिकिर गरे। 

सोमवार कुराकानीमा उनले कांग्रेस महामन्त्री पक्षले मुलुकको राजनीतिलाई द्वन्द्वतर्फ लैजाने गरी राजनीतिलाई भड्काउने काम गरिरहेको आरोप लगाए। 

प्रमुख सचेतक बर्ताौलाले कांग्रेसका महामन्त्री पक्षको व्यवहार र गतिविधिले सो कार्यदलले पनि सहमति जुटाउन नसकेको जिकिर गरे। उनले संसदीय छानबिन समिति बनाएर सहकारी प्रकरणमा दोषी भेटिए गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्ने कुरामा एमाले दृढ रहेको स्पष्ट पारे।

प्रमुख सचेतक बर्ताौलाले भने, 'सभापति कांग्रेस र महामन्त्री कांग्रेस छन्। सभापति कांग्रेसहरु मिलौँ कि भन्ने भावबाट अगाडि बढ्न खोजेको देखिन्छ तर महामन्त्री कांग्रेसहरु परिस्थिति मिल्छ कि भन्ने चिन्ता व्यक्त गरेर अभिव्यक्तिहरु गलत ढंगबाट दिने, पूर्वाग्रह प्रेरित, तथ्यहीन राजनीतिलाई द्वन्द्वतर्फ लैजानका लागि उद्यत गराउने गरी, अस्थिरतातर्फ लैजानका लागि भूमिका खेल्ने गरी त्यस प्रकारको व्यवहार र गतिविधिमा लाग्ने श्रृंखलाले गर्दा हामी निष्कर्षमा पुग्न सकेनौँ।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.