|

काठमाडौं : नेपालले गत आर्थिक वर्ष २०७३\७४ मा दशककै सबैभन्दा बढी वैदेशिक लगानी भित्र्याएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनले गत वर्ष नेपालले १३ अर्ब ५० करोड ३९ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्राप्त गरेको उल्लेख छ।

यो रकम अघिल्लो आर्थिक वर्ष अर्थात् २०७२\७३ को तुलनामा दोब्बरले बढी हो। सो आर्थिक वर्षमा पाँच अर्ब ९२ करोड रुपैयाँ नेपालले प्रत्यक्ष विदेशी लगानी भित्र्याएको केन्द्रीय बैकको तथ्यांक छ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा नेपाललले पाएको विदेशी लगानी यो दशककै उच्च हो। दश वर्षअघि अर्थात् अर्थिक वर्ष २०६४\६५ मा नेपालले २९ करोड ३९ लाख रुपैयाँ मात्रै विदेशी लगानी आएको थियो । त्यसयता विदेशी लगानी निरन्तर उकालो लागेर २०६८\६९ मा नौ शर्ब १९ करोड ५४ लाख रुपैयाँ पुगेको थियो।

सो आर्थिक वर्षलगत्तै २०६९\७० मा विदेशी लगानीमा केही कमी आएर नौ अर्ब आठ करोड १९ लाख रुपैयाँ पुगेको थियो। त्यसपछि घटेर ०७० ७१ मा तीन अर्ब १९ करोड ४६ लाख रुपैयाँमा खुम्चिएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.