|

  • महेश्वर अधिकारी

बारा : आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि बाराका १६ स्थानीय तहमा उम्मेदवारी मनोयन दर्ता भइरहको छ।

जितपुर सिमरा उपमहानगरपालिकामा पहिलो उम्मेदवारी स्वतन्त्र उम्मेदवारको परेको छ। एमालेले टिकट नदिएपछि असन्तुष्ट बनेका उद्धबप्रसाद गौतमले जितपुर सिमरा– २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। एमालले कमला अधिकारीलाई टिकट दिएपछि गौतमले विद्रोह गरेका हुन्।

यस्तै निजगढ नगरपालिकाको प्रमुखमा मोजहर मन्सुरले पहिलो उम्मेदवारी दर्ता गराएका छन्।

बारामा २ उपमहानगरपालिका, ५ नगरपालिका र ९ गाउँपालिका गरी १६ स्थानीय तह छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.