|

काठमाडौं : प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि उत्साहपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता भइरहेको निर्वाचन आयोगले जनाएको छ। असोज २ गते हुने तेस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बिहानैदेखि राजनीतिक दलहरु उम्मेदवारी मनोनयनमा लागेको बताएका छन्। 'बिहान १० बजेदेखि ८ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेदवारी मनोनयन दर्ता गराउन फाराम लिने तथा दर्ता गर्नेहरुको भीड लागेको छ,' ढकालले भने, 'उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्णरुपमा जारी छ।'

प्रदेश नम्बर २ अन्तर्गत ८ वटा जिल्लाका १ सय ३६ स्थानीयमा उम्मेदवारी दर्ता भइरहेको हो। जसमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन्।

उम्मेदवारी मनोनयनको समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ। राजनीतिक दलहरुले आपसी सहमतिमा पालैपालो मनोनयन दर्ता गराउँदैछन्।तेस्रो चरणको निर्वाचनबाट ६ हजार ६२७ जनप्रतिनिधि निर्वाचित हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.