|

गौशाला : स्थाीनय तहको निर्वाचनका लागि प्रदेश नं २ को महोत्तरी जिल्लामा गएराति ११ बजेसम्म उम्मेदवारी दर्ता भएको छ। मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जिल्लाको कुल ७२० पदका लागि हजारौँको संख्यामा उम्मेदवारी भएकाले सो कार्य अबेर रातिसम्म चलेको हो।

जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामा भएको उम्मेदवारी दर्ता राति अबेरसम्म चलेको थियो। बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम रहे पनि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले बेलुका ३ बजेपछि मात्रै बढी संख्यामा दर्ताका लागि आएका थिए।

उम्मेदवारी दर्तामा खटिएका कर्मचारीले राति ११ बजेसम्म सबै उम्मेदवारको उम्मेदवारी दर्ता गरिसके पनि राति २ बजेसम्म पनि कम्प्युटर इन्ट्री गर्न नसकेको र अझै पनि सो काम भइरहेकाले बिहीबार बिहान मात्रै जिल्लामा कति उम्मेदवारी दर्ता भएकोबारे स्पष्ट हुने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.