|

बारा : स्थानीय तह निर्वाचनको लागि मनोनय दर्ता गराएका ४ जना उम्मेदवारको विरुद्धमा उजुरी परेको छ। कलैया उपमहानगरपालिकामा २ जना, जीतपुर सिमरा उपमहानगरपालिकामा र निजगढ नगरपालिकामा एक/एक जना उम्मेदवार विरुद्ध उजुरी परेको हो।

उजरी परेकाहरु सबै वडा अध्यक्षका उम्मेदवार हुन्। एउटै ब्यक्तिको नागरिकता प्रमाण पत्रमा दुई वटा नम्बर भएको भन्दै निजगढ नगरपालिका ४ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार जयराम कुमर विरुद्ध उजुरी परेको छ।

उनले दुई पटक गरी दुई वटा नम्बर भएको नागरिकता लिएर कीर्ते गरेको भन्दै कांग्रेका वडा अध्यक्षका उम्मेदवार सुनिलकुमार चौधरीले उजुरी दिएका हुन्।

नागरिकताको विषयमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले ईलका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई पत्र लखेको निर्वाचन अधिकृत गोविन्दराज गौलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.