|

जनकपुरधाम : धनुषाको नगराइन नगपालिका वडा नं. ८ अकौरामा कांग्रेस र एमाले कार्यकर्ताबीच भएको दुई पक्षीय झडपमा दुई जना घाइते भएका छन्। शनिबार राति करिब ११ बजे नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा परी एमालेका दुई जना स्थानीय कार्यकर्ता घाइते भएका हुन्।

झडपमा सामान्य घाइते भएका अन्य ५ जना एमाले कार्यकर्ता उपचार पछि घर फर्किएका छन्। भारतीय सीमासंग जोडिएको नगराइनमा शनिबार राति करिब साढे ११ बजे चुनावी विषयलाई लिएर दुई पक्षबीच भएको विवादले उग्र रुप लिँदा झडप भएको हो। झडपमा एमालेका स्थानीय २१ वर्षीय इन्द्रकुमबार पासवान र ४३ वर्षीया अरविन्द पासवान घाइते भएका छ्न्।

घाइते दुबै जनाको उपचार हाल जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ। घाइतेका अनुसार कांग्रेसका महेन्द्र यादव र काशिन्द्र यादवले कुटपिट गरेका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रवीण धितालले घटनाको अनुसन्धान भइरहेकोले हाल केही भन्न नमिल्ने प्रतिक्रिया दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.