|

बारा : जिल्लामा स्थानीय तहको निर्वाचनको मतगणना सीसी क्यामराको निगरानीमा गरिने भएको छ। १६ वटै स्थानीय तहको मतगणना स्थलमा सीसी क्यामेरा जडान अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सबै स्थानीय तहमा मतगणनाको व्यवस्था मिलाइसकेको कार्यालयले जीतपुरसिमरा उप–महानगरपालिकाको मतगणना सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गर्ने भएको छ। त्यस्तै कलैया उपमहानगरपालिकाको मतगणना कलैयास्थित जिल्ला समन्वय समितिको सभाहलमा हुने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए।

मतदानकै दिन मतगणना

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदानकै दिनबाट मतगणना गर्ने योजना बनाएको छ। मतपेटिकाहरु संकलन भएको केही घण्टापछि उम्मेदवारहरुसँग समन्वय गरी मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन्। सुरुमा तीन वटा टोली खटाएर मतगणना सुरु गरिने निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। मतगणनामा खटिने कर्मचारीहरुको समेत छनोट भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणनास्थलको अनुगमन

जिल्लास्थित सुरक्षा निकायको संयुक्त टोलीले आइतबार मतदान स्थलको स्थलगत अनुगमन गरेको छ। प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर नेतृत्वको टोलीले निजगढ लगायत स्थानीय तहको मतदान स्थलको अनुगमन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.