|

काठमाडौं : प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा दिउँसो १ बजेसम्म करिव ५३ प्रतिशत मतदान भएको छ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारी अनुसार, सप्तरीमा ५० प्रतिशत, सिरहामा ४५ प्रतिशत, धनुषामा ४५ प्रतिशत, रौतहटमा ६० प्रतिशत, महोत्तरीमा ५० प्रतिशत, बारामा ५० प्रतिशत, पर्सामा ५५ प्रतिशत र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ।

सोमबार अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताहरूले मतदान गर्न पाउने छन्।

त्यस्तै सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ को देउरीभरुवामा राष्ट्रिय जनता पार्टीका वडाअध्यक्षका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि स्थगित मतदान असोज ५ गते हुने भएको छ। अन्य वडामा भने शान्तिपूर्ण मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.