|

बारा : नेकपा एमालेको लालकिल्ला मानिएको बाराको निजगढ नगरपालिकामा दुई दिनदेखि नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। बुधबार विहानसम्म एमालेलाई पछ्याइरहेको कांग्रेसले दिउँसोबाट भने झिनो मत अन्तरले अग्रता बनाएको थियो।

१३ वटा वडा रहेको निजगढको ४ वटा वडाको मत सार्वजनिक हुँदा एमाले भन्दा १०७ मतले पछि रहेको थियो। ९ वटा वडाको मतपरिणाम सार्वजनिक भईसक्दा ४ सय ६० मतले अघि देखिएको छ।

नेकपा माओवादी केन्द्रसंग चुनावी तालमेल गरेको कांग्रेसका प्रमुख पदका उम्मेदवार सुरेशकुमार खनालले ४ हजार ४ स ३० मत ल्याउँदा एमालेका यमबहादुर खड्काले ३ हजार ९ सय ७० मत ल्याएर पछ्याइरहेका छन्। 

उपप्रमुखमा भने कांग्रेसको समर्थनमा माओवादी केन्द्रका उम्मेदवार एमाले उम्मेदवार भन्दा ३ सय ५९ मतले पछि परेका छन्। एमालेकी उम्मेदवार लिला लामिछाने खनालले ३ हजार ९ सय ५५ मत ल्याउँदा माओवादीका उम्मेदवार बेनीबहादुर मोक्तानले ३ हजार ६ सय ६ मत ल्याएका छन्।

कुन वडामा को विजयी?

वडा नम्बर १ – मंगले लोप्चन (कांग्रेस)
वडा नम्बर २ – केशवप्रसाद ढोंडारी (एमाले)
वडा नम्बर ३ – जितबहादुर तामाङ्ग (एमाले)
वडा नम्बर ४ – जयराम कुनवर (एमाले)
वडा नम्बर ५– थलप्रसाद गौतम (एमाले)
वडा नम्बर १०– पदम बहादुर मोक्तान (कांग्रेस))
वडा नम्बर ११ – प्रेमकुमार रुम्बा (एमाले)
वडा नम्बर १२ – ज्ञानबहादुर गोले (कांग्रेस)
वडा नम्बर १३ – सुर्य घलान (कांग्रेस)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.