|

जनकपुर : बिहीबार बेलुकासम्म धनुषाको ६ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। जसमा ३ वटामा नेपाली कांग्रेस, २ वटामा नेकपा एमाले र एउटामा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसले जनक नन्दिनी, औरही र धनौजी गाउँपालिकामा जित हासिल गरेको हो। बिहीबार साँझ सार्वजनिक धनौजी गाउँपालिकाको नतिजा अनुसार अध्यक्षमा कांग्रेसका बद्रिनारायण सिंह २४२० मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकै रामवती देवी मण्डल २३२७ मत ल्याएर विजयी भएकी छिन्।

अध्यक्षका प्रत्यासी राष्ट्रिय जनता पार्टी नेपालका जिवेन्द्र झाले १९३७ र उपाध्यक्षमा राजपाकै उर्मिलादेवी मण्डलले १९४३ मत ल्याएर पराजित भएका छन्।

त्यस्तै नेकपा एमालेले मुखियापट्टी मुसहरनिया र बटेश्वर गाउँपालिकामा जित हासिल गरेको छ। राष्ट्रिय जनता पार्टी नेपालले भने हंसपुर गाउँपालिकामा जित हासिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.