|

लहान : सिरहाको नरहा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। बिहीबार साँझ सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा एमाालेका रामशरण यादव १६५६ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका रामसोगारत यादवले १४७८ मत ल्याए। 

उपाध्यक्षमा नेकपा एमालेकै गुलावदेवी चौधरी १८५५ मतसहित विजयी भइन्। उनकी प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी एञ्जिलाकुमारी यादवले १३३३ मत पाइन्। 

राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवको घर भएको यस गाउँपालिकामा एमाले विजयी भएको हो। यस गाउँपालिकाको ५ वडामध्ये १ र ४ मा एमााले विजयी भएको छ। वडा नम्बर २ मा नेपाली कांग्रेस, वडा नम्बर ३ मा राजपा नेपाल र वडा नम्बर ५ मा माओवादी केन्द्र विजयी भएको छ। 

राजपा अध्यक्ष मण्डलका सदस्य यादवको घर नरहा गाउँपालिका ३ मा पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.