|

उदयपुर : बेलका नगरपालिका– ८ स्थित सिसौली वन क्षेत्रमा पर्ने माछापुच्छ्रे सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला परेको छ। 

शुक्रबार मृत फेला परेको हात्तीको पुच्छर र दारा भने गायब रहेको स्थानीय भरत घिमिरेले बताए। दारा र पुच्छरको लागि हात्ती मारिएको आशंका गरिएको छ। हात्तीको पुच्छरको रौं हातमा लगाउने बालामा प्रयोग गरिन्छ भने दारा विलासी सामग्री बनाउन प्रयोग गरिन्छ। 

नजिकै बेस क्याम्प हुँदा पनि सशस्त्र प्रहरी बेखबर रहेको स्थानीय बासिन्दाले बताएका छन्। जिल्ला प्रहरी प्रमुख नवराज भट्टले हात्ती मारिएको विषयमा अनुसन्धान सुरु गरेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.