|

दाङ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत अमिलिया-लमही सडक खण्डको लमही नगरपालिका ९ रिहारमा दुईवटा ट्रक ठोकिँदा तीनजना घाइते भएका छन्।

नेपाल खाद्य संस्थानका खसीबोका बोकेर नेपालगञ्जबाट काठमाडौं जान लागेको ना५ख १९४७नम्बरको ट्रकले रिहारमा रोकिराखेको ना४ख १११९ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

 घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेका छ। त्यसै गरेर ट्रकमा रहेका १० वटा खसी बोका पनि मरेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.