|

पर्सा : जिल्लाका १४ स्थानीय तहमध्ये वीरगंज महानगरपालिकाबाहेक बाँकी सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक मत परिणाम अनुसार कांग्रेस,माओवादी केन्द्र र फोरम नेपालले ३\३  तथा एमालेले २ स्थानमा प्रमुख पद जिते।

नेपाली जनता दलको चुनाव चिन्ह लिएर उठेका संघीय समाजवादीका उम्मेदवारले पनि २ स्थानीय तहमा जित हात पारे। पर्सामा अहिलेसम्म ३ नगरपालिका र १० वटा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो।

कहाँ कसले जिते ?

पर्सागढी नगरपालिका ,बहुदरामाई नगरपालिका र धोबीनी गाँउपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ।

जगरनाथपुर , छिपहरमाइ र ठोरी गाँउपालिकामा माओवादी केन्द्र विजयी भएको छ।

सखुवा प्रसौनी ,पकाहामैनपुर र विन्दवासिनी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भयो।

जिराभवानी र पटेर्वा सुगौली गाउँपालिकामा एमालेले जित हात पारेको छ।

पर्साको पोखरीया नगरपालिका र कालीकामाइ गाँउपालिकामा नेपाली जनता दलको चुनाव चिन्ह 'पांग्रा' लिएर उठेका नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवारहरु प्रमुख पदमा निर्वाचित भए।

यी हुन नवनिर्वाचित जनप्रतिनिधि

पर्सा जिल्लाको दोश्रो सदरमुकाम भनेर चिनिने पोखरीया नगरपालिकाको प्रमुखमा नेपाल संघिय समाजवादी पार्टीका दीनारायण रौनियार मन्टु ३०२६ मत ल्याएर विजयी भए। उनी नेपाली नेपाली जनता दलको पांग्रा चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका थिए।

उनका निकटतम प्रतिद्वन्दी पूर्व सभासद एंव संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रधुम्न चौहान २७६७ मात्रै ल्याए। चौहान गत जेठमा मात्रै मधेस आन्दोलनको माग पूरा गर्न एमाले बाधक देखिएको भन्दै पार्टी परित्याग गरेर फोरम नेपालमा प्रवेश गरेका थिए। पोखरीया नगरपालिकको उपप्रमुखमा पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेकी फोरम नेपालकी सल्मा खातुन विजयी भइन्।

चुनावी अभियानअघिसम्म वीरगञ्जको नारायणी एफएममा कार्यरत सल्मा २७०४ मतका साथ उपप्रमुखमा विजयी भएकी हुन्। उनकी निटकतम प्रतिद्धन्द्धी नेपाल संघीय समाजवादी पार्टीकी विणा देवीले भने २४९५ मत मात्रै पाइन्।

कुल १० वटा वडा रहेको पोखरीया नगरपालिकाको पाच वटा वडाको वडा अध्यक्षमा भने काँग्रेस विजयी भएको छ ।यस्तै तीन वटा वडामा फोरम नेपाल र दुइ वटा वडामा नेपाल संघिय समाजवादी पार्टीले जित हात पारेको छ ।

बहुदरमाइ नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। बहुदरामाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भयो कांग्रेसका उम्मेदवार नितेन्द्र साहले २४५८ मत ल्याए।  उनका निकतम प्रतिदवन्दी एमालेका उम्मेदवार प्रमोद कुशवाहाले २१५६ मत प्राप्त गरे।

जिराभबानी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुबैमा विजयी भयो। अध्यक्षमा एमालेका रामप्रित महतोले २ हजार ९ सय ५९ मत र उपाध्यक्षमा उषा चौधरीले २ हजार ५ सय ३८ मत ल्याए। अध्यक्षका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महावीर प्रसाद महतोले २ हजार २ सय ८७ र उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै रेखा चौधरीले २ हजार ३३ मत प्राप्त गरे।

सखुवा प्रसौनी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ। अध्यक्षमा फोरम नेपाल प्रदिप कुमार जयसवाल १०४३ मत अन्तरले विजयी भए।  उनले ३६५७ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी एमालेका निरराज गिरीले २६१४ मत मात्रै प्राप्त गरे।उपाध्यक्षमा पनि फोरम नेपालकी फुलमति देवि थरुनी ३६७२ मत सहित विजयी भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी केदार कुमारी विश्वकर्माले २८५१ मत प्राप्त गरिन्।कुल ६ वडा रहेको सखुवा प्रसौनी गाँउपालिकामा फोरम नेपालले २ वटा वडामा , नेपाली जनता दल र नेपाली काँग्रेसले १\१ वटा वडामा तथा बाकी दुइ वटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन्।

धोबीनी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। गाँउपालिका अध्यक्षमा काँग्रेसका सुरेश कुर्मी २१७६ मतका साथ विजयी भए। उपाध्यक्षमा फोरम नेपालका पारसनाथ कुर्मी २४५९ मतका साथ विजयी भए।

जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जालिम मियाँ विजयी भए। उनले ३ हजार ४ सय १ मत ल्याए। निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका कृष्णमोहन प्रसाद यादवले ३ हजार ३७ मत प्राप्त गरे। उपाध्यक्षमा फोरम नेपालकी बिस्मिल्लाह खातुन ३ हजार १ सय ४१ मत प्राप्त गरी विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी मीरा देवी कुर्मीले २ हजार ४ सय ५० मत प्राप्त गरिन्।

पकाहा मैनपुर गाँउपालिकामा संघीय समाजवादी फोरम नेपालले जित हात पारेको छ। पकाहा मैनपुर गाँउपालिकाको अध्यक्षमा फोरम नेपालका विजय चौरसिया १७३५ मतका साथ विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुरेश मेहताले १५५४ मत प्राप्त गरे। उपाध्यक्षमा पनि फोरम नेपालकै कुशमी देवी ७ सय ३९ मतान्तरले विजयी भइन्। उनी मधेस आन्दोलनका सहिद शत्रुधन पटेलकी आमा हुन्। उनले १९८६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अदया देवि मेहताले १२४७ मत पाइन्। ५ वटा वडा रहेको पकाहामैनपुरमा कांग्रेसले २ वटा वडा तथा फोरम नेपाल , नेपाल जनता दल र एमालेले १\१ वटा वडामा जीत हात पारेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.