|

रूपन्देहीः मंगलबारदेखि बुटवलमा दोस्रो राष्ट्रिय औद्योगिक मेला सुरु भएको छ। 

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवल रूपन्देही र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन केन्द्रीय कार्यालय काठमाडौंले आयोजना गरेको मेलाको संगठनका संस्थापक अध्यक्ष कृष्ण आचार्यले उद्घाटन गरे। 

मेलाको उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आउने भनिए पनि व्यस्तताका कारण दाहाल नआएपछि आचार्यले उद्घाटन गरेका थिए। 
मेलाको उद्घाटन गर्दै संस्थापक अध्यक्ष आचार्यले मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भएको र अब आर्थिक क्रान्ति आवश्यक भएको बताए। आर्थिक क्रान्तिको नेतृत्व उद्योगी व्यवसायीले गर्ने उनको भनाइ थियो। 

उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले बुटवल आर्थिक गतिविधिको दृष्टिकोणले मुलुककै केन्द्रविन्दुमा रहेकाले आर्थिक क्षेत्रको राजधानी बन्न सक्ने पर्याप्त संभावना रहेको बताए। 

‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ भन्ने मूल नाराका साथ कात्तिक १८ गतेसम्म चल्ने मेलामा दैनिक उपभोग्य वस्तु, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरीलगायतका स्टल सहभागी रहेको मूल आयोजक समितिका संयोजक खेमबहादुर श्रीशले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.