|

काठमाडौं : युवा पर्यटन व्यवसायी नवराज अमगाईलाई यतिबेला दुईवटा कामले भ्याइनभ्याइ छ। एक त पर्यटक आगमनको मौसम, अर्को निर्वाचन। उनको गृहजिल्ला गोरखामा निर्वाचनको रौनक उच्च विन्दुमा पुगेको छ। 

गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बुंकोट निवासी अमगाई वाम गठबन्धनका समर्थक हुन्। उनलाई गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सहयोग गर्ने जिम्मा आइलागेको छ। 

ठमेलस्थित हिमालय ग्लेसियर ट्रेकिङ एण्ड ट्राभल्सका सञ्चालकसमेत रहेका अमगाई कांग्रेस र नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई धेरै पटक निर्वाचित गरिसकेकाले अब पालो श्रेष्ठको बताउँछन्। त्यस्तै पर्यटन व्यवसायी सागर पाण्डे पनि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई सहयोग गर्न लागि परेका छन्। पूर्व प्रधानमन्त्री भट्टराईको मुख्य सहयोगीको रुपमा रहेका पाण्डे पर्यटकीय सिजनको समयमा व्यवसाय भन्दा पनि निर्वाचनमा व्यस्त देखिएका छन्। उनी भन्छन् 'गोरखा र बाबुराम एक अर्काका परिपूरकजस्तै हुन्, डा. भट्टराईसँग सपना छ र त्यो सपना पूरा गर्ने क्षमता पनि।'

यतिबेला विभिन्न जिल्लाबाट ठमेल आई व्यवसाय गर्ने विकट, दुर्गम र हिमाली जिल्लका ब्यवसायीलाई चुनावी ज्वरोनै आएको छ। पर्यटकीय नगरी ठमेल क्षेत्रलाई कर्मभूमिका रुपमा प्रयोग गर्दै आएका युवा पर्यटन व्यवसायी अमगाई र पाण्डेजस्ता अधिकांश व्यवसायीलाई व्यवसायसँगै चुनावी चटारोले छोएको छ।

टिब्बेत ट्राभल्सका सञ्चालक लीलावल्लभ दाहाल 'काका' पनि ओखलढुंगा प्रदेशसभा १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्ने चर्चा भए पनि टिकट नपाएपछि जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार रहेका रामहरि खतिवडालाई जिताउन लागेका छन्। राजधानीमा रहेका मतदातालाई जिल्लासम्म पुर्‍याउने जिम्मेवारी निर्वाह गरिरहेको उनी बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.