|

रुकुम : पहिलो चरणमा मंसिर १० गते निर्बाचन हुने रुकुम पश्चिममा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनविरोधी कुनै गतिविधि हुन नदिएर शान्ति पूर्ण वातावरणमा निर्वाचन सम्पन्न बनाउन जिल्लाभर म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि ढुंगानाले जानकारी दिए।

उनका अनुसार त्यसका साथै आवश्यक मात्रमा नेपाली सेनाले पनि आफ्नो जनशक्ति पनि गाउँगाउँमा परिचालन गरेको छ । ‘एउटा मतदान केन्द्रमा आवस्था हेरि १० देखि १५ जनासम्म सुरक्षाकर्मी खटाइएको छ’ प्रहरी निरीक्षक ढुंगानाले भने, ‘त्यसका साथै मोबाइल घुम्ती टोली पनि तयार अवस्थामा राखिएको छ।’ कुनै निर्वाचनविरोधी र आपूmलाई अवरोध गर्न खोजे तत्काल प्रहरीलाई खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

रुकुमको सानीभेरी गाउँपालिकामा बिहीबार साँझ नेपाली कांग्रेसको कार्यकर्ताबाट एकजना महिला गम्भीर घाइते भए पनि अन्य जिल्लाभरको अवस्था सामान्य छ। अघिल्ला चुनावहरुमा जिल्लाका विभिन्न ठाउँमा झडप हुने गरेको भए पनि यसपटक ठूलो घटना घटेको छैन।

विप्लवका १८ जना नेता कार्यकर्ता पक्राउ

रुकुम प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १८ जना कार्यकर्ता पक्राउ गरेको छ। निर्वाचनविरोधी अभियानमा संलग्न भएको भन्दै उनीहरुलाई जिल्लाका विभिन्न मिति र विभिन्न ठाउँबाट पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइएको छ।

ठूलो मात्रामा विप्लवका कार्यकर्ता पक्राउ परेकोले जिल्लामा विप्लव माओवादीको तर्फबाट हुने कुनै पनि निर्वाचनविरोधी गतिविधि नहुने प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.