|

रुपन्देही : रुपन्देहीमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदका लागि मतदान जारी छ। चिसोका कारण बिहानैदेखि मतदाताको उल्लेख्य उपस्थिति नभए पनि विस्तारै भीड बढ्दै गएको छ।

प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै मतदान स्थलमा शान्तिपूर्ण तवरबाट मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए।

मतदान चुस्त बनाउनका लागि २ सय ८ मतदान स्थल र ५ सय ९८ मतदान केन्द्रमा ४ हजार ७ सय ८४ जना कर्मचारी खटिएका छन्। रुपन्देहीमा ५ लाख २२ हजार ६ सय २ मतदाता  छन्, जसमध्ये २ लाख ५८ हजार ७ सय ८३ जना पुरुष, २ लाख ६३ हजार ८ सय १३ जना महिला र ८३ जना तेस्रोलिङ्गी रहेका छन्।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार आम जनताको घरदेखि मतदान स्थलसम्मको सुरक्षा कडा बनाइएको छ। नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीका गस्ती टोली ठाउँ ठाउँमा परिचालित छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.