|

पर्वतः म्याग्दीका एक जना जीप चालकले सडकमा भेट्टाएको नगद ४० हजार रुपैयाँ र अन्य सामानहरू फिर्ता गरेका छन्।

बागलुङको रातमाटा घर भएका रत्ने सार्कीले बागलुङबाट म्याग्दी सदरमुकाम बेनी जाने क्रममा बेनी नगरपालिका– १ रत्नेचौरमा झोलामा भेटिएको नगदसहितको सामान प्रहरीमा बुझाएका हुन्। सार्कीले शनिबार सडक नजिक खसेको झोलामा नगद ४० हजार रुपैयाँ, पासपोर्ट, टे«किङ भिसा, ल्यापटप, इलोक्ट्रोनिक सामग्रीलगायत अन्य महत्त्वपूर्ण कागजात रहेको झोला भेट्टाएका थिए। 

उक्त झोला फ्रान्सेली नागरिक डिन्मीको रहेको र भेटिएको नगद र सामग्रीहरू स्थानीयवासी र प्रहरीको रोहबरमा सार्कीले नै ती विदेशी पर्यटकलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.