|

रसुवा :  रसुवामा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन पद्धतितर्फ सबैभन्दा धेरै मत नेकपा एमालेले पाएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले जित हासिल गरे पनि समानुपातिकमा एमालेले कांग्रेसलेभन्दा बढी मत पाएको हो।

एमालेले समानुपातिकतर्फ प्रतिनिधिसभामा ७ हजार ८ सय २२ मत ल्याएको छ भने नेपाली कांग्रेसले ६ हजार ५ सय ९७ मत ल्याएको छ। नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधिसभामा सामानुपातिकमा ५ हजार ४ सय ९१ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले १ हजार ८ सय २३ मत पाएको छ।

प्रदेशसभा तर्फ समानुपातिकमा भने एमालेले ६ हजार ९ सय १८, कांग्रेसले ४ हजार ७ सय ९६, नयाँ शक्तिले ६ हजार १ सय २७  र माओवादी केन्द्रले २ हजार १ सय २९ मत प्राप्त गरेको छ ।

समानुपातिकतर्फ २६ हजार ९८ मत खसेको रसुवामा प्रतिनिधि तथा प्रदेश तर्फ २ हजार २ सय ९४ मत पूर्ण बदर भएको छ भने ९ सय ८ मत आंशिक बदर भएको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए। मंसिर १० गते पहिलो चरणमा रसुवामा भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा तीन वटै सिटमा नेपाली कांग्रेस र नयाँ शक्ति नेपालको गठबन्धनका उम्मेदवार विजयी भएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.