|

उदयपुरः उदयपुर क्षेत्र नम्बर– १ को प्रदेशसभा ‘ख’मा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की निर्वाचित भएका छन्।

निर्वाचित कार्कीले वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका रामबहादुर थापा मगरलाई एक हजार ५२८ मतले पछि पार्दै निर्वाचित भएका हुन्।

मुख्य निर्वाचन कार्यालयका तेजेन्द्रप्रसाद शर्माका अनुसार कार्कीले १६ हजार ७९२ मत पाएका छन् भने पराजित प्रतिद्वन्द्वी थापा मगरले १५ हजार १९४ मत प्राप्त गरेका छन्। 

यता, १ कै ‘क’मा भने वाम गठबन्धनका उम्मेदवार नेकपा एमाले नेता विमल कार्कीले एक हजार ६६५ मतले अग्रता कायम गरेका छन्। हालसम्म कार्कीले १६ हजार ४५४ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार विदुर बस्नेतले १४ हजार ७८९ ल्याएर पछ्याइरहेका छन्। निर्वाचन कार्यालयका अनुसार तीन घण्टाभित्र मत परिमाण सार्वजनिक हुने भएको छ। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– १ की वाम गठबन्धनकी उम्मेदवार मन्जु चौधरी र नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्काबीच कडा प्रतिष्पर्धा भएको छ। आइतबार ६ बजेसम्म सार्वजानिक गरिएको नतिजाअनुसार कांग्रेसका डा. नारायण खड्काले २१ हजार ६७३ मत पाएका छन् भने वाम गठबन्धनकी चौधरीले २२ हजार १६८ मत पाएकी छन्। चौधरीले खड्कालाई ४९६ मतले पछि पारेकी छन्।

उदयपुरको प्रतिनिधिसभा क्षेत्र नं.– २ र यसमा पर्ने दुवै प्रदेशको मत परिणाम सार्वजानिक भइसकेको छ। यस क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य सुरेशकुमार राईले जितेका छन् भने दुवै प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.