|

महोत्तरी : माओवादी केन्द्रका गिरिराजमणि पोखरेल महोत्तरी क्षेत्र नम्बर १ बाट तेस्रोपटक विजयी भएका छन्। पोखरेल आफ्ना प्रतिस्पर्धीभन्दा चार हजार २ सय ८४ बढी मत ल्याएर संविधानसभा सदस्य निर्वाचित भएका हुन् ।

पोखरेलले २३ हजार ७ सय ७६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका लक्ष्मी महतोले १९ हजार ४ सय ९२ मत प्राप्त गरे।कांग्रेसका सीताराम भण्डारीले ९४७५ मत ल्याए।

माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका र पूर्वमन्त्री पोखरेल पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा पनि महोत्तरी १ बाटै विजयी भएका थिए। 

महोत्तरी– १ को प्रदेशसभा ’क’ र ’ख’ दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। ’क’ मा एमाले उम्मेदवार शारदा थापा र ’ख’ मा माओवादीका भरतप्रसाद साह विजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.