|

सुनसरी : सुनसरी २ मा नेपाली कांग्रेसका सीताराम मेहेता विजयी भएका छन्। मेहेताले माओवादी केन्द्रका डम्मरु सुवेदी हिमाललाई ६ हजार १ सय ४६ मतले पराजित गरेका छन्। मेहेताले ४१ हजार ४ सय ९५ मत पाए। सुवेदीले ३५ हजार ३ सय ४९ मत पाए।

को हुन् मेहेता?

सुनसरीको इनरुवा निवासी नेपाली कांग्रेसका नेता यसअघि २०७० सालको चुनावमा सुनसरी क्षेत्र नं ४ बाट विजयी भएका थिए। यसपटक भने उनले अन्तिम समयमा सुनसरी २ बाट टिकट पाएका थिए।

पूर्व यातायात राज्यमन्त्री मेहेताको २०१० सालमा सुनसरीको इनरुवामा जन्म भएको हो। उनी १८ वर्षको उमेरदेखि राजनीतिमा लागेका मेहेता २०२८ सालदेखि नेपाल विद्यार्थी संघमा सक्रिय भएका थिए।

उनी २०३१ सालमा नेपाल विद्यार्थी संघ सुनसरीको जिल्ला सभापति र २०३५ सालदेखि नेपाली कांग्रेस सुनसरीको सदस्य बन्नेका थिए। २०४९ सालमा भएको स्थानीय चुनावमा उनी इनरुवा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसबाट विजयी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.