|

दोलखा : महिला म्यादी प्रहरीलाई नेपाल प्रहरीका अधिकृतले निर्ममतापूर्वक कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाले श्रम शोषण र पारिश्रमिकमा विभेद गरेको भन्दै आन्दोलनमा उत्रिएपछि महिला म्यादी प्रहरीमाथि कुटपिट भएको हो।

म्यादीमाथि प्रहरीले लाठी र बुट प्रहार गरेका थिए। ‘हामीलाई प्रहरीले बुटैबुटले हाने’, म्यादी प्रहरी संगीता नेपालीले भनिन्। नेपाली सख्त घाइते भएकी छिन्। उनीजस्तै अन्य महिला म्यादीको छातीमा प्रहरीको बुट बजारिएको छ।

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीको ठाडो निर्देशनमा महिलामाथि दुर्व्यवहार भएको म्यादीहरूको आरोप छ। नेपालीसहित सात घाइतेको उपचार भइरहेको छ। उनीहरूको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। पारिश्रमिक र खानामा विभेद गर्दै जिल्ला प्रहरी कार्यालयले आफूहरूलाई ज्यामीको काम गर्न लगाएको भन्दै म्यादी प्रहरीहरू आन्दोलित भएका थिए।

खाना खुवाएबापत प्रहरी जवानहरूबाट प्रतिछाक ६० रुपैयाँ काटेको प्रहरी कार्यालयले आफूहरूको भने ९५ रुपैयाँ काटेको म्यादी प्रहरीले बताए। सुरक्षामा खटिएका पुरुषलाई  ज्यामी काममा लगाएको उनीहरूको आरोप छ।आफूहरू अन्यायमा परेको भन्दै सात सय ५० म्यादी प्रहरी सडकमा उत्रिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.