|

भरतपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो प्रणालीबाट गर्ने सहमति भएको खुलासा गरेका छन्। राजधानीमा पाँच दलको बैठक सकिएलगत्तै गृह जिल्ला चितवन आका पूर्वप्रधानमन्त्री प्रचण्डले शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्त खुलासा गरेका हुन्। 

पछिल्लो समय नेकपा एमाले र माओवादी केन्द्रले आधाआधा समय सरकारको नेतृत्व गर्ने भन्ने सार्वजनिक भएको विषयमा सोधिएको प्रश्नमा उनले भने ' आलोपालोको तरिका अपनाउने भन्ने सिद्धान्तत भएकै कुरा हो।'

अहिलेसम्म सरकारको नेतृत्व र पार्टी एकीकरणको विषयमा कुनै पनि समस्या नदेखिएको उनको जवाफ थियो। प्रचण्डले पाँच राजनीतिक दलहरुबीचको बैठकमा राष्ट्रिय सभाको निर्वाचन विधि के अपनाउने, छिटोभन्दा छिटो सरकार  बनाउने विषयमा कुराकानी भएको तर त्यसमा कुनै सहमति नभइसकेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.