|
प्रतीकात्मक तस्विर

बझाङ : आमा र छोरीको जन्ममिति एउटै बनाई वर्षौंदेखि जेष्ठनागरिक भत्ता खाइरहेको खुलेको छ। खप्तड छान्ना गाउँपालिका–३ सुनारगाउँ बस्ने जला सुनार र उनकी छोरी मिश्रा सुनारको जन्म भएको साल महिना, गते एउटै भएको किर्ते कागजात बनाइ २०६६ सालदेखि नियमित रूपमा ज्येष्ठ नागरिक भत्ता खाइरहेको खुलेको हो।

जन्म दिने आमा र छोरीको मिति २००८ चैत ३० गते भने नागरिकतामा उल्लेख छ। ‘२०६६ सालदेखि नै आमाछोरीले गाविसमा किर्ते कागज पेश गरेर ज्येष्ठ नागरिक भत्ता लिइरहेका रहेछन्’, खप्तड छान्ना गाउँपालिका– ३ का वडाध्यक्ष मंगल सुनार ले भने, ‘यतिमात्र होइन मिस्रा सुनारले आफ्ना भाइको छोरछोरीको जन्ममितिसमेत गलत दर्ता गर्न लगाएर दलित बालबालिकाका लागि दिइने पोषण भत्तासमेत लिइरहेकी रहिछन्।’

साविकको माझीगाउँ गाविसमा भदा सिसिर सुनारको २०७० फागुन ७ गते जन्म भएको भनी उनै मिस्राले जन्म दर्ता गरेको उल्लेख छ। भदै अपेक्षाको जन्मसमेत २०७१ जेठ ९ गते भएको जन्मदर्ता अभिलेखमा उल्लेख छ। यी दुवै बच्चाको जन्मदर्ता गाउँपालिका भएपछि साउनमा पुनः गराएको भेटिएको वडाध्यक्ष सुनारले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.