|

काठमाडौं : राणाकालमा रानीपोखरीमा के धनमाल खसालिएको थियो होला? खसालिएको थियो भने त्यो धनमाल पाइएला कि नपाइएला? पुरातत्व विभागले रानीपोखरीमा उत्खनन सुरु गरेपछि अहिले धेरैमा यस्तै कौतुहल उत्पन्न भएको छ। 

मल्लकालीन राजा प्रताप मल्लले बनाउन लगाएको रानीपोखरीमा राणाकालीन निर्माणको समेत अवशेष पाइएपछि यो कौतुहल उत्पन्न भएको हो। उत्खननमा संलग्न अधिकारी भाष्कर ज्ञवालीका अनुसार तत्काल उत्खनन गर्दा पोखरीको निर्माणको कालक्रमलाई हेरिएको छ। 

ज्ञवालीले भने ' उत्खननमा संलग्न समितिले पोखरीमा रहेको पानीको स्रोत र यसको निकासबारे अध्ययन हुन आवश्यक रहेको भनी प्रतिवेदन दिएको छ। पानीको निकास र स्रोत खोतल्दा गरिनुपर्ने उत्खननले रानीपोखरीमा वास्तवमै धनमाल गरगहना खसालिएको थियो, थिएन भन्ने खुल्न सक्छ।'

श्री ३ जंग संस्थाका अध्यक्ष ७९ वर्षीय यमजितप्रताप जंगबहादुर राणा भन्छन् 'राणाकालमा जंग र शमसेर खलकबीच काटामारमा देश छाडी भाग्नुपर्दा राणा खलकबाट धनमाल रानीपोखरीमा खसाली गएका भनी राणा खानदानमै सुनिदै आएको हो।'

उनका अनुसार रानीपोखरीमा धनमालका कन्तुर सन्दुक छ कि छैन भनेर जाँच गर्ने नियतले टुँडिखेलमा घोडा दौडाइरहेका श्री ३ चन्द्रशम्सेरका नाती ब्रम्हशम्सेरले घोडासहित पोखरीमा हामफालेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.