|

काठमाडौं : नक्कली सेयर कारोबार गर्ने तीन दलाल कम्पनीलाई धितोपत्र बोर्डले कारबाही गरेको छ। अग्रवाल सेक्युरिटिज प्रालि, श्रीहरि सेक्युरिटिज प्रालि र सिप्रवी सेक्युरिटिज कारबाहीमा परेका हुन्।

धितोपत्र बोर्डका अनुसार चिलिमे जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी तथा सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको नक्कली सेयर कारोबार भएको विषयमा छानबिन गरी कारबाही गरिएको हो। नक्कली सेयर कारोबार गर्ने दलाललाई सम्पत्ति शुद्धिकरण अन्तर्गत आर्थिक जरिवान गरिएको बार्डले जनाएको छ।

चिलिमे हाइड्रोपावर कम्पनीको नक्कली सेयर खरिद बिक्री गर्ने अग्रवाल सेक्युरिटिज् प्रालिलाई दश लाख रुपैयाँ जरिवाना गरिएको छ। यसैगरी नेसनल हाइड्रोपावर कम्पनीको नक्कली सेयर कारोबार गर्ने  श्रीहरि सेक्युरिटिज प्रालिलाई पनि दश लाख रुपैयाँ जरिवाना गरिएको छ।

यस्तै कारोबार गर्नुअघि व्यक्ति वा संस्थागत विवरण नराखी कारोबार गर्ने अग्रवाल सेक्युरिटिज प्रालि, श्रीहरि सेक्युरिटिज प्रालिलाई ५०\५० हजार जरिवाना गरिएको छ। यस्तै सिप्रवी सेक्युरिटिज प्रालिले ग्राहकको पूर्ण विरण राख्न ध्यान नपुर्याएको भन्दै ५० हजार जरिवाना गरिएको छ।
 

बोर्डले नक्कली सेयर कारोबार गर्ने गोविन्द घिमिरेविरुद्ध जिल्ला अदालत काठमाडौंमा यसअघि नै मुद्दा दायर गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.