काभ्रेपलाञ्चोक : चारवटा जस्ताले छाएको टहरो, टहरोको कुनमा एउटा सानो कालोपाटी, वरिपरि बालबालिका छेउमै एक शिक्षक। कक्षाका सबैजना ढुंगामा बसेर आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरिरहेका छन्।
आमनागरिकले कल्पना गरेको भन्दा फरक दृश्य देखिन्छ सिन्धुलीको घ्याङलेक गाउँपालिका–५ मरिनखोला बगरमा। काभ्रोको महाभारत गाउँपालिका जाने सडककिनारको मरिनखोला बगरमा प्रत्येक दिन बिहान १० देखि दिउँसो २ बजेसम्म दलित समुदायका बालबालिका खोलाको सिरेटो खेप्दै मुस्किलले पढिरहेका भेटिन्छन्। सरकारले बालबालिकालाई अनिवार्य शिक्षाको व्यवस्था गरेको छ। दलित समुदायलाई नै भत्तासमेतको व्यवस्था गएिको छ। तर, उक्त सुविधाबाट सिन्धुलीको मरिनखोला बगरका बालबालिका बञ्चित छन्। मरिनखोलाको बगर सिन्धुली जिल्लाकै उच्च भागमा पर्छ।
चरम आर्थिक अभावमा रहेका त्यहाँका अभिभावकले मेलापात गरेको आम्दानीबाट बचेका पैसा मासिक ५० रुपैयाँ उठाएर शिक्षकलाई २ हजार ५ सय तलब दिन्छन्। सोही पैसाको बलमा मरिनखोलामा बालविकास कक्षा सञ्चालन गरेका छन्। मरिनखोला बगरमा रहेका साना ढुंगा जम्मा पारेर ती बालबालिकाले लेख्ने मिल्ने डेक्स र बेन्च तयार परेका छन्, त्यसैमा उनीहरुले लेख्ने र पढ्ने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।