|

कालीकोट : प्रदेश ६ मा पहिलो पटक राष्ट्रियसभाको निर्वाचनमा विजयी नरपति लुवार उपप्रधानपञ्च, वडाध्यक्ष हुँदै राष्ट्रियसभाको सांसद बनेका छन्। बहुदल आउनेबित्तिकै एमालेको राजनीतिमा लागेका लुवारलाई नेकपा एमाले राष्ट्रियसभाको माननीय बनाएको थियो। 

वि.सं. २०४४ मा गाउँ पञ्चायतको चुनावमा कालीकोट जिल्लाको स्युना गाउँ पञ्चायतको उपप्रधानपञ्चमा विजयी भएका लुवार ३० वर्षपछि २०७४ सालमा राष्ट्रियसभाको माननीय बनेका हुन्। 

२०५४ सालको स्थानीय तहको निर्वाचनबाट साविकको स्युना गाविसमा वडा अध्यक्षको चुनाव लडेर नेकपा एमालेबाट वडा अध्यक्षमा समेत लुवार विजयी भएका थिए। 
२०५३ सालमा नेकपा एमालेको कालीकोट जिल्ला कमिटी सदस्य भएका लुवार हाल जातीय मोर्चाको जिल्ला अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य छन्।

बुधबार सम्पन्न राष्ट्रिसभाको निर्वाचनमा लुवारले ३ हजार ६६६ मत ल्याएर विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मित्रलाल सार्कीले ९६० मत मात्र ल्याएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.