कालीकोट : नेपाल खाद्य संस्थान शाखा कार्यालय कालीकोटले सिमी र फापर खरिद गर्न सुरु गरेको छ। स्थानीय उत्पादनलाई बढावा दिन सिमी र फापर खरिद गर्दै आएको संस्थानले जनाएको छ।
नेपाल सरकारको नीतिअनुसार नेपाल खाद्य संस्थानले विगत ४ वर्षदेखि कर्णालीमा उत्पादन हुने खाद्यान्न खरिद गर्दै आएको छ।
कर्णालीका किसानहरूले उत्पादन गर्ने बालीलाई देशका अन्य भागका विस्तार गर्नका लागि कर्णालीमा उतपादन हुने सिमी र फापर खरिद गर्दै आएको खाद्य संस्थान कालीकोट शाखाका प्रमुख झक्कुप्रसाद आचार्यले बताए। ‘यस आर्थिक वर्षमा सिमी १०० क्विन्टल र फापर ३० क्विन्टल खरिद गर्न लागेको छौँ’, उनले भने, ‘सिमी प्रति किलो १२५ रुपैयाँ र फापर प्रति किलो ८० रुपैयाँका दरले खरिद गरिँदै छ।’
कर्णालीमा खरिद गरिएको सिमी र फापर काठमाडौं बिक्री गरिने खाद्य संस्थान कार्यालय कालीकोटका प्रमुख आचार्यले बताए। ‘यहाँ खरिद गरिएको खाद्यान्न काठमाडौंमा बिक्री गर्ने लक्ष्य छ’, उनले भने, ‘विगतदेखि यहाँ खरिद गरिएको खाद्यान्न काठमाडौंमा बेच्दै आएका छौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।