|

सोलुखुम्बु : सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ। जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासालगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ। 

सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको लुक्लाबाट लाखवीर तामाङले जानकारी दिए। उनले भने, ‘हिजोदेखि हिउँ परेको छ, अहिले पनि हिउँ परिरहेको छ।’ हिमपातसँगै हल्का वर्षा भएपछि जनजीवन कष्टकर बने पनि स्थानीय भने हर्षित भएका छन्। 

लामो समयदेखि हिउँ नपरेको काँगेल क्षेत्रमा यस वर्ष हिउँ परेको छ। बुधबार दिउँसो साढे १ बजेदेखि करिब ४ घण्टा हिमपात भएको स्थानीय राजेन्द्र बस्नेतले जानकारी दिए। बस्नेतले भने, ‘जन्मेको २६ वर्ष भयो, हिउँ परेको थाहा थिएन, यस वर्ष हिउँ प¥यो, हिउँमा खेल्न पाउँदा एकदमै खुसी लाग्यो।’

त्यस क्षेत्रमा २ फिटसम्म हिउँ झरेको बताइएको छ। हिउँ खेल्नेहरूको भीड लागेको बासाबाट भेषराज पौडेलले जानकारी दिए। उनले भने, ‘हिउँ पर्न थालेपछि यस क्षेत्रमा हिउँ खेल्नेको भीड लागेको छ।’

जिल्लाको सदरमुकामसहित अन्य क्षेत्रमा सामान्य वर्षा भएको छ भने अत्यधिक चिसो महसुस गरिएको छ। पानी प्रशस्त नपरे पनि यहाँ चिसो भने बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.