|

कपिलवस्तु : माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताएकी छिन्। 

कपिलवस्तु सदरमुकाम तौलिहवामा मंगलबार साँझ सञ्चारकर्मीसँगको संक्षिप्त भेटघाटमा उनले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको दिन अप्रिल २२ अर्थात् वैशाख १० मा वामगठबन्धनका दुई घटकबीच पार्टी एकता हुने बताइन्।

पार्टी एकता समायोजन समितिका अधिकांश नेताहरु वर्तमान सरकारका मन्त्रीमा नियुक्त भएकाले दुईचार दिनमै पुनः कार्यदल गठन गरी एकतालाई निष्कर्षमा लागिने उनको भनाइ छ। जनताको मुख्य जनादेश नै पार्टी एकता रहेकाले माओवादी केन्द्रले जनताको हितविपरीत कुनै कदम नचाल्ने उनले बताइन्। 

उनले मुलुकलाई स्थायित्व र समृद्धितर्फ लैजाने उद्देश्यले चुनावअगावै निर्माण गरिएको वामगठबन्धन कसैले चाहेर पनि फुटाउन नसक्ने बताइन्। ‘जनताले दुवै दलका नेतालाई वामएकता गर्न जनादेश दिएका हुन्',प्रवक्ता भुसालले भनिन्, 'जनादेशअनुसार पार्टी एकता हुन्छ।’

जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको माओवादलाई आन्तरिक बहसको रूपमा अगाडि बढाइने उनको भनाइ छ। परिवर्तनकारी दलसँग संघीय समाजवादी फोरम नेपाल पनि सहकार्य गर्न इच्छुक देखिएकाले राजनीतिक समस्या समाधान गरेर मात्र सरकारमा सहभागी गराइने प्रवक्ता भुसालको तर्क छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.