|

काठमाडौं : सरकारले प्रधानमन्त्री कार्यालयसहित सिंहदरबारभित्र रहेका २१ मन्त्रालयबाट ६ सय २१ कर्मचारी दरबन्दी कटौती गरेको छ। मन्त्रिपरिषदको बुधबारको बैठकद्धारा पारित प्रस्तावअनुसार २१ मन्त्रालयमा कर्मचारी दरबन्दी संख्या २ हजार ६ सय ५२ कायम गरिएको हो।

यसअघि ती सबै मन्त्रालयमा गरी कर्मचारी दरबन्दी संख्या ३ हजार २ सय ६४ थियो।  कटौती भएको दरबन्दीमध्ये खरिदार र सुब्बाको संख्या दुई सय हाराहारीमा छ। श्रेणीविहीन, कार्यालय सहयोगी, सवारी चालकको दरबन्दी पनि कटौती गरिएको छ।

सचिववको तीन वटा दरबन्दी कटौटी भएको छ। यसैगरी शाखा अधिकृत तहका दरबन्दी पनि कटाैतीभएको छ तर, खरिदार, सुब्बाकाे तुलनामा शाखा अधिकृतको दरबन्दी थोरै कटौती भएको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतले जनायो। कृषि, भूमिव्यवस्था र सहकारी मन्त्रालयमा रहेका सचिवको ४ वटा दरबन्दी घटाएर तीन वटामा झारिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.