|

धनकुटा : नेपालका लागि जापानी राजदूत मासासी ओगावाले धनकुटा अस्पताललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 

भोजपुरमा निर्माण भएको आँखा अस्पतालको उद्घाटनका लागि जाने क्रममा धनकुटा आएका राजदूत ओगावाले अस्पताल धनकुटा अस्पतालको निरीक्षण गर्दै जापान सरकारले गर्ने सहयोग ठूलो परिमाणको हुने बताए। राजदूतावासबाट हुने सहयोग जापान सरकारबाट अनुमति लिन आवश्यक नरहेको बताउँदै राजदूत ओगावाले बढीमा एक करोड रुपैयाँको सहयोग राजदूताबासबाट जुनसुकै बेला गर्न सकिने बताए। 

अस्पतालमा आवश्यक एक्सरे मेसिन र प्रयोगशाला तुरुन्तै सहयोग गर्न सकिने र राजदूतावासबाट कुनै सहयोग चाहिएमा सम्झन राजदूत ओगावाले अनुरोध पनि गरे। जापानी राजदूत ओगावाले स्थानीय, प्रदेश र प्रतिनिधिसभाका निर्वाचनहरू शान्तिपूर्ण ढंगमा सम्पन्न भएको भन्दै सम्पूर्ण नेपालीलाई बधाई दिए। 

अहिले बनेको बलियो सरकारको कार्यकालमा नेपाल र जापानको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गर्दै राजदूत ओगावाले नेपालमा जापानी कूटनीतिज्ञहरू र जाइकाका कर्मचारीहरू ढुक्क साथ बसेको भन्दै भविष्यमा पनि उनीहरूका लागि यस्तै सुरक्षा अवस्थाको अपेक्षा गरेको बताए।

राजदूत ओगावासहित राजदूतावासकी कार्यक्रम अधिकृत इमाई खावरीलगायतको टोलीले धनकुटा अस्पतालको अनुगमन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.