|

जाजरकोट : जुनीचाँदे गाउँपालिका–५ अन्तरगत पर्ने लामातरा–गर्खाकोट सडक खण्डको विमलखोला–बलेपैना सडकको ट्रयाक खोल्ने काममा अनियमितता गरेका समितिका अध्यक्ष र गाउँपालिकका कर्मचारी १० लाख ७२ हजार रुपैयाँ धरौटीमा छुटेका छन्। रनिङ्ग बिल बनाएर काम गरेभन्दा बढी रकम लिएको आरोपमा समितिका अध्यक्ष सुरेश शाह र गाउँपालिकाका प्राविधि गगन थापा पक्राउ परेका थिए।

सडक निर्माण समितिले गरेको कामभन्दा १० लाख ७२ हजार रुपैयाँ बढी गाउँपालिकाबाट भुक्तानी लिएको भन्दै जिल्ला प्रशासन कार्यालय उनीहरुलाई पक्राउ गरेको थियो।

गाउँपालिकाको खातामा जिल्ला प्रशासन कार्यालय, जाजरकोटले अनियमितता गरेको रकम फिर्ता गराएको छ। साथै, बाँकी रहेको कामलाई निर्धारित समयमै सम्पन्न गरिसक्न अध्यक्ष शाहलाई कागज गराइएको छ। अनुसन्धान सहयोग गर्ने प्रतिवद्धतापछि समितिका अध्यक्ष शाह र प्राविधिक थापालाई तारिखमा जिल्ला प्रशासन कार्यालयले बुधबार छोडेको हो।

जुनीचाँदे गाउँपालिकाको गत गाउँसभाले लामातरा–गर्खाकोट सडकका लागि ५० लाख रुपैया बिनियोजन गरेको थियो। गाउँपालिकाको ५० लाख अनुदानमा २० प्रतिशत श्रमदानलाई जोडेर झण्डै ६० लाख रुपैयाँ बराबरको उक्त सडकको प्राविधिक डिजाइन बनाइएको थियो। ३० लाख रुपैयाँको रनिङ्ग बील बनेर आएको भएता पनि झण्डै १० प्रतिशत कटौती गरेर आफूले २७ लाख ५८ हजार नौ सय रुपैयाँ भुक्तानी दिएको जुनीचाँदे गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत कृष्णबहादुर शाहले स्वीकार गरेका छन्।

भ्रष्टाचार शून्यशिल्ताको पक्षमा आफू रहेको बताउदै प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले भने– ‘जिल्लाका बिभिन्न ठाउँवाट भ्रष्टाचार सम्बन्धिका गुनासा र उजुरीहरु आउन थालेका छन्, स्थानीयका गुनासा र उजुरीहरुको क्रमशः हामी सुनुवाइ गर्दै जानेछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.