|

जनकपुरधाम : योभन्दा पहिले होटेल र संघसंस्थाहरूको पर्खालमा देखिने मिथिला कला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउन लाग्दा जनकपुरका सार्वजनिकस्थलहरूमा देखिँदा साँच्चिकै मिथिलाको झ-झल्को दिन थालेको छ। आफ्नै छुट्टै गौरव बोकेको मिथिला चित्रकला, विवाह मण्डप र बाह्रविघाको मैदानसहितका अन्य ठाउँहरूमा सम्भवतः पहिलोपटक यसरी सजाइएको हो।

मोदीले वैशाख २८ र २९ गते दुई दिने नेपालको धार्मिक भ्रमण गर्दै छन्। मोदीले २८ गते जनकपुरको जानकी मन्दिरमा पूजापाठ गर्नुका साथै बाह्रविघामा उनको नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको छ। 

विहारको पटनाबाट भारतीय विमान चढेर जनकपुरधाम आउन लागेको मोदीलाई जानकी मन्दिरदेखि बाह्रविघासम्मको सडकको दुवैतर्फका पर्खाललाई मिथिला चित्रकलाले सजाइएको छ। मोदीलाई स्वागत गर्न जानकी मन्दिरको पर्खालमा समेत केशरिया रंगबाट रंग्याइनुका साथै जानकी मन्दिरदेखि बाह्रविघासम्म रामायणकालिन झ–झल्को दिने मिथिला आर्टको माध्यमबाट चित्र कोरिएको छ।

जनकपुरको एतिहासिक बाह्रविघा मैदानमा वर्षौदेखि फोहरले दुगन्धित हुनुका साथै सामान्य सरसफाइ नहुँदा हिँडडुल गर्नसमेत अप्ठ्यारो हुने गरेको थियो। तर अहिले सरसफाई गरेर डेनिटङ पेन्टिङ गरिदा हेर्न लाएको भएको जानकी यूवा क्लवका सल्लाहकार सुशिल कर्ण बताउँछन्। उनले भने, ‘वर्षौंसम्म स्कुल, कलेजका तथा व्यवसायिक प्रतिष्ठानका पोष्टर, पम्प्लेटले भरिभराउ, सरसफाई तथा रङ्गरोगनको पर्खाइमा रहेको रंगभूमि मैदानको पर्खालमा मोदीको जनकपुर आगमनले चारैतिर रंगरोगन गरिनु तथा पर्खालामा मिथिलाको सुन्दरता झल्किने मिथिला कलाको प्रयोग गरिनु सुखद पक्ष हो।’ 

पर्खालमा बनाइएको मिथिला कलाबाट सीताको विवाह हुँदा भएको फूललोढी (फूल टिप्ने काम), धनुषयज्ञ (धनुषा भाँचेको), सीता र रामको स्वंयम्वर, पोठी माछा (मिथिला क्षेत्रमा पाइने विशेष प्रकारको माछा), कलश र मिथिलाको लागि प्रसिद्ध बोटको रुपमा परिचीत कदम रुखलगायतका चित्रहरूले बाटो सजाइएको छ। 
मिथिला चित्रकलाका माध्यमबाट प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा जन्मिएकी सीताको व्यवहार, सुन्दरताको वर्णन गर्न खोजिएको प्राध्यापक डा. श्यामा महतो बताउँछिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.