|

मुक्तिनाथ : भारतीय प्रधानमन्त्री नरेन्द्र मुक्तिनाथ पुगेका छन्। भारतीय वायुसेनाको विशेष विमान मार्फत मोदी मुक्तिनाथ पुगेका हुन् ।

अखण्ड बाबा मुक्तिनाथ आश्रमका संरक्षक अजयराज सुमार्गीले प्रधानमन्त्री मोदीसँग विशेष भेटघाट गर्ने र शालिग्राम उपहार दिने कार्यक्रम रहेको छ । त्यस्तै मोदीले मन्दिर भित्र आधा घण्टा विताउने छन्। उनलाई  मुक्तिनाथका पीठाधिक स्वामी कमलनयानार्यले पूजाआज गराउने कार्यक्रम छ।

त्यस्तै उनलाई लामाहरुले बौद्ध परम्परा अनुसार पुजाआजा समेत गराउने छन्। प्रधानमन्त्री मोदीले मुक्तिनाथमा एक घण्टा बिताउने छन्। मोदीको सुरक्षाका लागि मुक्तिनाथको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। मौसम अहिले खुलेको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.